नेकपा माओवादी केन्द्र यतिबेला देशब्यापी रुपमा निर्वाचनमा होमिरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को देश दौडाहा पनि जारी नै रहेको छ । यसैक्रममा सिरहा आइपुगेका अध्यक्ष दाहालले आउने निर्वाचनलाई सामान्य निर्वाचनको रूपमा नलिन आग्रह गरेका छन् ।
सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यो निर्वाचन अधिकारको रक्षा गर्ने र थप अधिकारका लागि लडाइँ लड्ने अभियान भएकोले समान्य रुपमा नलिन आग्रह गरेका हुन् । अहिले पनि राजावादी शक्तिहरू एकजुट हुने प्रयास गरिरहेको बताउँदै अझै पनि संविधान सुरक्षित नरहेको टिप्पणी गरे ।
उनले एमाले राजाबादीहरु संग साँठगाँठमा रहेको दाबी गर्दै भने अहिले पनि पूर्व राजावादीहरू, जो आज पनि राजावादी नै हुन, र केपी ओली नेतृत्वको एमाले सरसल्लाह गर्दै छ, उनीहरू यो संविधान उल्टाउने कसरतमा छन्’। केपी ओली प्रधानमन्त्री रहेका बेला दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रतिगामीहरू संविधान मास्ने खेलमा लागिरहेको जिकिर समेत गरे ।
‘