सविता भण्डारी प्रकरणमा सबैभन्दा बढी आलोचीत पात्र आमाजु आइन् मिडियामा र खोलीन् अहिलेसम्म बाहिर नआएका रहस्यहरु — OSNepal

सविता भण्डारी प्रकरणमा सबैभन्दा बढी आलोचीत पात्र आमाजु आइन् मिडियामा र खोलीन् अहिलेसम्म बाहिर नआएका रहस्यहरु

LC (KTM) June 09, 2021 0

काठमाडौ । चितवनकी सविता भण्डारी घटनामा सबैभन्दा बढी आलोचना गरिएको पात्र हुन् भावना पौडेल । उनी सविताको अमाजु हुन् । सविताको घरमा अमाजुकै कुरा सुनिने र उनकै योजनामा घटना भएको आरोप लाग्दै आएको छ । युट्युव र टिकटकमा उनी र उनको परिवारका बारेमा भिडियो बनाइएका छन् । उनै भावना पहिलो पटक मिडियामा आएकी हुन् ।

तेरो बुवाआमाको घटना मैले लिँदैछु भन्ने युट्युवर को हो ? उसलाई के अधिकार छ मेरो छोरीलाई यस्तो म्यासेज गर्ने ? युट्युवर र टिकटकवालाहरुले भ्युज कमाउने नाममा हाम्रो ब्यक्तिगत कुरालाई अनावश्यक रुपमा उचालियो । जिल्ला प्रशासन कार्यालय, अदालत, प्रहरी सबैले यो घटनामा अनुसन्धानमा सहयोग गरिरहेका छौं । प्रहरी प्रशासनले हामीलाई जतिबेला बोलायो उतिबेलै प्रस्तुत भएका छौं ।सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।

उनले सविताको शरिरमा ससुराले हात लगाएको भनेर सार्वजनिक गरिएको भिडियोको बारेमा पनि जवाफ दिएकी छन् । उनले आफ्ना आँखाको शल्यकृया गरेका कारण आँखा नदेख्ने र सेवा गरेको बेलामा गलत आशंका उब्जाउने गरी भिडियो खिचिएको उनको भनाई छ । उनले भनिन्, म पनि कसैको बुहारी हो मेरो ससुरा विरामी हुँदा आचि पनि मैले धोइदिनुपर्ने हुनसक्छ त्यो बेलामा मैले भिडियो बनाउने ?

उनले त्यस्तो नराम्रो थियो भने उतिबेलै किन यो कुरा उठेन ? भावनाले प्रश्न उठाइन् । घटना सबै छर्लङ छ, हामीले केही लुकाएका छैनौ तर त्यसको फैसला गर्ने अधिकार अदालतलाई छ । यसरी मिडिया र युट्युवरलाई मेरो परिवारको बारेमा यसरी बोल्ने अधिकार कसले दियो ? जति युट्युवरले मेरो बारेमा अनावश्यक रुपमा सडकमा बसेर, मध्यरातमा फेसवुकमा लाइभ आएर अनुमानको भरमा बोल्नेहरुको पनि जिवनमा कती घटना होलान् के मैले उनीहरुका बारेमा बोल्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर