काठमाडौं २४ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जाने भएको छ ।
पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले आफ्नो पार्टी चुनावमा होमिने बताएका हुन् । आज बिहिबार निर्वाचन आयोग पुगेका प्रकाण्डले आफ्नो पार्टी निर्वाचनमा होमिने बताएका हुन् ।
चुनावमा जानको लागि दल दर्ताको प्रक्रिया बुझ्न आयोग आएको उनले बताएका छन् ।
यस भन्दा अघि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लवले आफ्नो पार्टी निर्वाचनमा नजाने बताएका थिए ।