काठमाडौ २४ चैत । निर्वाचन आयोगमा नेकपा एमालेले निर्वाचन आचारसंहितामाथि प्रश्न र्तेसाउँदै ६ वटा प्रश्न गरेको छ ।
एमालेका महासचिव शंकर पोखरेलसहितको टोली आज बिहिबार आयोग पुगेर आयोगले जारी गरेको निर्वाचन आचारसंहितामाथि त्रुटि भएको भन्दै प्रश्न उठाएको हो ।
आयोगले जारी गरेको आचारसंहितामा राजनीतिक दलका भ्रातृ संगठनले पनि चुनावी प्रचार प्रसार गर्न नपाउने नियम राखेपछि एमालेले यस विषयमा आयोमा प्रश्न उठाएको हो ।
स्वच्छ , निश्पक्ष र स्वतन्त्र निर्वाचन गर्न आयोग सक्षम होस् भन्ने आफ्नो पार्टीले अपेक्षा गरेको एमालेले आयोगलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यस्तो प्रावधान निर्वाचित जनप्रतिनिनिधको नैसर्गिक हक तथा संवैधानिक कानसनी हक प्रतिकुल रहेको एमालेले जनाएको छ ।
यस्तो छ एमालेले बुझाएको ज्ञापनपत्र :