पारस र हिमानी पुत्रि पूर्णिकाले बाबु पारसको तारिफ गर्दै भनिन् 'बुवाले देशको लागि ठूलो योगदान दिनुभएको छ' — OSNepal

पारस र हिमानी पुत्रि पूर्णिकाले बाबु पारसको तारिफ गर्दै भनिन् ‘बुवाले देशको लागि ठूलो योगदान दिनुभएको छ’

LC (KTM) June 09, 2021 0

काठमाडौं– पूर्व युवराज पारस शाह आफ्ना कारण बाहेक पनि पत्नि हिमानी शाह र छोरा छोरीहरुका कारण पनि बेला बेलामा मिडियामा छाउने गर्छन् ।

कहिले थाई प्रेमीका कन्निकाका कारण त कहिले सोनिका रोकायाहरुका कारण मिडियामा छाउँदै आएका पारसलाई जेठी छोरी आफ्ना बाबु पारसले देशका लागि ठूलो योगदान गरेको उल्लेख गरेकी छिन् ।

सामाजिक संजाल इस्टाग्राममा आफ्नो धारणा राख्दै पूर्णिकाले भनेकी छिन् ‘मेरो बुबाले देशको लागि ठूलो योगदान गर्नुभएको छ । भिडियोमा उनको जिब्रो पूर्ण रुपमा लरबराएको छ । जिब्रो लर्बराउदै बोलेकी पूर्णिकाले भिडियोमा आफ्नो बुवा पारसका बारे धारणा राखेको भिडियो टिकटक र युट्युबमा भाइरल बनिरहेका छन् ।

पूर्णकाले अगाडी भनेकी छिन् यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि’, कम नेपाली बढी अंग्रेजी भाषामा बोलेकी उनले भनेकी छन्, ‘मेरो बुवा निश्चल हुनुहुन्छ ।’ उनले बुवाले राम्रो काममात्र नभई सबै कुरा खुलस्त देखाउने भएका कारण मानिसहरुले अर्कै नजरले हेर्ने गरेको समेत बताइन् । उनले भनिन् ‘मेरो बुबाले राम्रो कुरामात्र नदेखाई सबै कुरा देखाउनुहुन्छ,’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर