काठमाडौं २४ चैत । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
बिहिबार शेरबहादुर देउवाले कानुन मन्त्रीमा गैर सांसद कानुन व्यवसायी गोविन्द बन्दीलाई नियुक्त गरेपछि मन्त्री बडु ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जिम्मेवारी पाएका हुन् ।
लामो समय देखि रिक्त रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अब पुर्णता पाउने भएको छ ।
यस भन्दा अघि प्रधानमन्त्री शेरबहादुर देउवा आफैले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्दै आएका थिए ।