काठमाडौं २४ चैत । आज बिहिबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह्र चार बजे बस्ने भएको हो ।
आजको मन्त्रिपरिषद्को बैठक भने नियमित बैठक हो । आजको नियमित मन्त्रिपरिषद्को बैठकमा आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको आचारसंहितालाई लिएर केहि निणर्य समेत र नियुक्त गरिने भएको बताइएको छ ।
निर्वाचनको मतदान हुनु भन्दा ३५ दिन अगाडी नै निर्वाचन आचारसंहिता लागू गर्नुपर्ने नियम अनुसार आजको बै७कमा यसमा विषयमा केहि निणर्य हुने साथै निर्वाचन आयोगले आज यो भोली आचारसंहिता लागु गर्ने भएको छ ।