काठमाडौं २३ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि एमालेको सरकार आएपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता पाउने बताएका छन् ।
वर्तमान कुहिएको गठवन्धन झरेपछि मुलुकमा फेरि विकासको लहर आउने बताएका उनले चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्दा कांग्रेसले पटक पटक अवरोध गरेको बताएका छन् ।
शिलान्याश गर्दा कांग्रेसले अवरोध गरेको भन्दै ओलीले एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको गरेको बताएका छन् ।
बुधबार भक्तपुरको सिपाडोलमा श्री शान्ति निकेतन माध्यामिक विद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले शिलान्याश गर्दा अवरोध गरेपनि उद्घाटन गर्दा राम्रो कुरा गरेको बताएका छन् ।
आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताएका उनले वर्तमान सरकारका कारण मुलुकको बिकासको काम नै अवरुद्ध भएको जिकिर गरेका छन् ।
एमाले भोट लागी नभई देश विकास र जनता लागि काम गर्ने उनले बताएका छन् । यो सरकार रहेसम्म देश वर्वाद तिर मात्र जाने उनको जिकिर रहेको छ ।
‘एमाले भोटको राजनीती होइन् विकासको राजनीति गर्छ , एमालेका आफ्नो लागि होइन देश जनताको लागि काम गर्छ’ ओलीले भने ।