काठमाडौं -फिल्म ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत अनुबन्धित भएका छन् । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म मा सलोन मुख्य भुमिकामा रहन े बताइएको छ । सलोन र निर्माण कम्पनीबीच मंगलबार सम्झौता भएको छ । फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्ने भएका छन् । मित्रताको कथा समेत फिल्ममा भएकाले सलोन फिट हुने नीताको भनाइ छ । ‘यो मित्रताको कथा समेत हो ।
यसमा मित्रताको बुलन्द भूमिका छ,’ उनले भनिन् । फिल्ममा भारतीयसहितका अन्य कलाकारहरुको पनि अभिनय रहेको छ । नीता र हरिहर अधिकारी पनि प्रमुख भूमिकामा प्रस्तुत हुँदैछन् ।नेपाल, भारत र बेलायतमा फिल्म छायांकन गरिने छ ।साउनदेखि तीन चरणमा फिल्म छायांकन हुने भएको छ । फिल्मलाई नेपालीसहित हिन्दी भाषामा समेत निर्माण गर्ने तयारी छ ।