बाँकेमा बसको ढोकाबाट खसेर ४० वर्षीय विनोदको ज्यान गयो — OSNepal

बाँकेमा बसको ढोकाबाट खसेर ४० वर्षीय विनोदको ज्यान गयो

LC (KTM) April 06, 2022 0

काठमाडौं -बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मा मंगलबार बसको ढोकाबाट खसेर परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय विनोद आचार्य रहेका छन् । बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका अचार्यको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काकरभिट्टाबाट सुर्खेततर्फ आउँदै गरेको ना ५ ख ३८३६ नम्बरको बसको ढोकाबाट आज बिहान साढे ११ बजे परिचालक आचार्य अचानक खसेका थिए ।
बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर