काठमाडौं, २२ चैत – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेकाे हाे ।
स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।
यो पनि : हेर्नुहोस आज मंगलबारको विदेशी मुद्राको विनिमय दर : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ५८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १८ पैसा रहेको छ। त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९३ पैसा रहेको छ।
युरो एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४१ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।कुन देशको मुद्राको विनिमय दर कस्तो ?