गठबन्धन तीनै तहमा सम्भव छ त ! — OSNepal

गठबन्धन तीनै तहमा सम्भव छ त !

LC (KTM) April 04, 2022 0

हेटौंडा, २१ चैत – नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धन तीनै तहमा हुने बताएका छन् ।

कांग्रेस हेटौंडा उपमहानगर समितिले सोमबार हेटौंडामा आयोजना गरेको नगर भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दललाई धोका दिन नमिल्ने बताएका हुन् ।

‘सत्ता साझेदार दलबीच गठबन्धन हुन्छ । पार्टीले गरेको निर्णयको पछि लाग्नुहोला’, उनले भने, ‘कोही कसैले पनि आफू केन्द्रीत राजनीति नगरौं । कांग्रेसले गरेको निर्णयको खिलापमा जाने अधिकार कसैलाई छैन ।’ नेता बानियाँले कांग्रेस पद्दतीमा चल्ने पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा पदका लागि प्रतिस्पर्धाको बढेपनि मिलेर जानुको विकल्प नरहेको बताए ।

प्रदेश संसदीय दल नेता समेत रहेका बानियाँले स्थानीय तहको निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रिनुपर्ने बताएका छन् । उनले गठबन्धन गर्ने विषयमा पार्टीमा सर्वसम्मतरुपमा निर्णय भएको र निर्णय नमान्नेले पार्टी छाड्दा हुने बताएका छन् । ‘पार्टीको निर्णय अन्तिम निर्णय हो । सोही अनुसार अगाडि बढ्नुपर्छ ।’ उनले भने ‘गठबन्धनले उचित स्थानमा आवश्यकता र औचित्यको आधारमा टिकट वितरणको निर्णय गर्नेछ । पार्टीले गरेको निर्णय नमान्ने र मतदान गर्दैनौं भन्नेहरु पार्टी छाडेर जाँदा हुन्छ ।’ उनले पार्टीमा सधैं एउटै व्यक्तिले टिकट नपाउने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर