पोखरा २१ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा जथाभावी टिकट वितरण नगरी सक्षम र योग्य उमेदावरलाई निर्वाचनमा टिकट दिनुपर्ने बताएका छन् ।
सोमबार गण्डकी प्रदेशद्धारा पोखरामा आयोजित कार्यकर्ता भटेघाट कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । साथै उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला,नगर र वडालाई भएकाले औचित्तता आबश्यकता अनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
तालमेलको नाममा विगतमा चितवनको भरतपुर महानगरपालिकामा जस्तो तालमेल गर्न नहुने भन्दै सचेत हुन आग्रह गरेका उनले गएको निवार्चनमा माओवादी सँग गठबन्धन गरेका ठाँउमा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको सत्य कुरा बिर्सिन नहुने पनि उनले बताएका छन् ।
पहिलो पटक ३६ लाख मतदाताले मत दिन यो निर्वाचनमा नयाँ मतदातालाई रुखबाहेक अन्य चिह्नमा कसरी मतदान गर्ने लगाउने कुरा कांग्रेसका लागि चुनौती हुँदै गएको बताएका छन् ।
‘पहिलो पटक ३६ लाख मतदाताले मत दिँदैछन् ,उनीहरूलाई हसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो, यो कुरालाई कसरी म्यानेज गर्ने ? तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ । तर, यो कुरालाई पनि हामीले मध्यनजर गर्नुपर्छ ।’
एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भन्दै हिडेको यो अवस्थामा अर्कोतिर माओवादीलाई भोट हाल भनेका भन्दै यो व्यवस्था नमिलेको भन्दै मिलाउन समेत जोड दिएका छन् ।