काठमाडौं २१ चैत । पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको टिप्पणी गरेका छन् ।
सोमबार प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली जस्तो वर्तमान गटवन्धन सरकार दुई दिनको खेल भएको बताएका उनले भने, ‘अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो ।,
टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्, ।’
पाँच दलीय गठबन्धन भ्रमको खेती भएको बताएका ओलीले स्थायी कुरा जनताको आदेश हो जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँने बताएका छन् ।