दोस्रो तहका नेताहरुको निष्कर्ष : एमालेका यी पाँच नेतालाई विदाई गरी युवाको हातमा नेतृत्व दिनुपर्छ — OSNepal

दोस्रो तहका नेताहरुको निष्कर्ष : एमालेका यी पाँच नेतालाई विदाई गरी युवाको हातमा नेतृत्व दिनुपर्छ

LC (KTM) June 09, 2021 0

काठमाडौं २६ जेठ । नेकपा (एमाले) को विवाद उत्कर्षमा पुग्दा दोस्रो तहका नेताहरु लागि परेका छन् । हिजो भएको छलफलमा दोस्रो तहका नेताहरुले शीर्ष नेताहरुलाई नेतृत्वबाट विदाई गरी अभिभावकको भुमिका निवार्ह गर्न प्रस्ताव अघि सारेका छन् ।

पार्टीलाई अब युवा नेतृत्वको हातमा दिनुपर्ने भन्दै पार्टीको नेतृत्वबाट पार्टी अध्यक्ष केपी शर्मा ओली, नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र ईश्वर पोखरेललाई विदाई गरी अभिभावकको भुमिका मा राख्नुपर्ने शर्त अगाडी सारेका छन् । पछिल्लो समय पार्टी एकताको लागि निकै लागि परेको योगेश भट्टराईले यस विषयालई निकै चासो दिएक छन् भने आफ्नै पार्टीका नेतासँग मिल्न नसक्ने बरु विपक्षी दलहरुसँग मिल्न सक्ने भन्दै यो सब केका लागि भन्दै प्रश्न समेत उठाएका छन् ।

हिजोको छलफलमा दुवै पक्षका नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगाय नेताहरुको सहभागीता रहेको थियो । केहि दिन यता मात्रै अघि पार्टी एकताको लागि भन्दै ओलीले ६ बुँदे प्रस्ताव अघि सर्दा पनि नेपाल समुहले यसलाई अस्विकार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर