काठमाडौं २१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार क्षेत्रस्थित काष्ठमण्डपको उद्घाटन गरेकी छन् ।
गणेश र गोरखनाथको नयाँ मूर्ति राखि पुनर्निर्माण गरिएको उक्त काष्ठमण्डपमा नयाँ मुक्ति नराख्न भन्दै सर्वोच्चमा परेको रिटको अन्तिम किनारा नलाग्दै राष्ट्रपति भण्डारी आफैले उद्घाटन गरेकी छन् ।