काठमाडौं २१ चैत । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले आगामी चुनावमा काठमाडौं महानगरपालिको मेयरमा उम्मेदवारी दिने भएका छन् ।
भ्रष्टचार विरुद्धको अभियानमा लागेका खरेल सुशासन पार्टी अध्यक्ष समेत हुन् । उनले पार्टीको निर्णयपछि आफ्नो धारणा सार्वजनिक बताएका छन् ।
मेयर पदमा उम्मेदवारी दिन आफु इच्छुक रहेको बताएका उनले यस विषयमा सबै पक्षको प्रतिक्रिया लिइरहेको र कोर क्षेत्रका जनताको चाहना पनि बुझ्ने कोसिस गरिरहेको बताएका छन् ।
यस विषयमा आफुले पार्टीको निणर्यसँगै २ – ४ दिनमै टुंगो लगाउने जनाएका छन् ।