काठमाडौ २१ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल तालमेल गर्ने भएका छन् । सोमबार चितवनमा बसेको सत्ता गठवन्धनको बैठकले चितवनमा सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल,जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले सहमतिमा पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
जिल्लाको सात वटै पालिकामा गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको जारी उक्त पत्रमा उल्लेख गरिएको छ ।