देउवाको भारत भ्रमणले नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम भयो : एमाले — OSNepal

देउवाको भारत भ्रमणले नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम भयो : एमाले

LC (KTM) April 04, 2022 0

काठमाडौ २१ चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तिन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति टिप्पणी गरेका छन् ।

भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको भन्दै आरोप लगाएका छन् ।

स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसावले जसरी भ्रमणमा प्रस्तुत हुनुपथ्यो त्यो गर्न नसकेको भन्दै उनले देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको बताएका छन् ।

बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम देउवाबाट भएको बताएका उनले प्रधानमन्त्री देउवा पत्नी आरजु राणासँग गएर भारत घुमेर मात्रै आएको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर