काठमाडौं उपत्यकामा अब यस्तो नयाँ नियम लागू हुने, घरबाहिर निस्किन पाइन्छ की नाई ? — OSNepal

काठमाडौं उपत्यकामा अब यस्तो नयाँ नियम लागू हुने, घरबाहिर निस्किन पाइन्छ की नाई ?

LC (KTM) June 09, 2021 0

काठमाडौं काठमाडौं उपत्यकामा असारबाट निषेधाज्ञा खुकुलो बनाउने तयारी भइरहेको छ । कोरोना संक्रमण घट्न थालेपछि गृह मन्त्रालयले छलफल सुरु गरेको हो । मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गृहकार्य थालेको हो ।

सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने तर निजीको हकमा भने जोर विजोर गराउनेबारे पनि परामर्श भइरहेको बताइएको छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने बताएका छन् ।

निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने बताइएको छ । निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर