शान्ति सुरक्षा खलबलाउन खोज्नेलाई सरकारले छाड्दैन : मन्त्री खाँण — OSNepal

शान्ति सुरक्षा खलबलाउन खोज्नेलाई सरकारले छाड्दैन : मन्त्री खाँण

LC (KTM) April 03, 2022 0

धनकुटा-प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले सरकारको प्रमुख दायित्व भनेको शान्ति सुरक्षा र सुशासन कायम गर्नु भएको बताउनुभएको छ । दलहरूले शान्तिपूर्वक रूपमा गर्ने सभा सम्मेलनमा अवरोध पु¥याउने कोही कसैलाई सरकारले नछाड्ने उहाँले चेतावनी दिनुभयो ।

नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको आमसभामा मन्त्री खाँणले स्थानीय निर्वाचनमा सरकारमा सहभागी दलहरूबीच गठबन्धन हुने भन्दै त्यसै अनुरुपको तयारीको साथ अगाडि बढ्न सबै गठबन्धन दललाई आग्रहसमेत गर्नुभयो ।

चुनाव नजिकिँदै गर्दा राजनैतिक दलहरूले एक अर्कामाथि विभिन्न खाले अवरोध गरेर शान्ति सुरक्षा खलबल्याउन सक्ने भन्दै त्यस्ता गतिविधिमा संलग्न हुने जो सुकैलाई सरकारले कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता गरेर नेपालमा विदेशी सेना आउने भनेर भ्रम फैलाउने गरेको भन्दै उहाँले सम्झौतापछि सेना आउने नभई बिजुली उत्पादनमा वृिद्ध भई विकास निर्माणमा सहयोग पुग्ने स्पष्ट पार्नुभयो । नेपालमा डिजेल र पेट्रोलको माग बढी भएको र त्यसलाई व्यवस्थित गर्न बिजुलीको उत्पादन बढाउनुपर्ने भएकाले एमसिसी परियोजनामा सम्झौता गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर