आफ्नै गाउँले दाजुभाई र आफन्तले सहयोग नगरेपछि १७ र १९ वर्षका छोरीले गरे अन्तिम संस्कार — OSNepal

आफ्नै गाउँले दाजुभाई र आफन्तले सहयोग नगरेपछि १७ र १९ वर्षका छोरीले गरे अन्तिम संस्कार

LC (KTM) June 09, 2021 0

उदयपुर । दीर्घरोगका कारण लामो समय थलिएको बालबहादुर थापा मगरको मत्यु भएपछि छिमेकीले कोरोनाको आशंकामा उनको शव छुन नमानेपछि दुई छोरीले आफैले शबयात्रा गरि दाह संस्कार गरेका छन् । उनको छोरी भगवती र कुमारीले शबयात्रा पछि दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् ।

आफन्त र दाजुभाइ नहुँदा उदयपुरको कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदी बहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शबयात्रा गरी दाहसंस्कार गरेका हुन् । स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् ।

बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफनो समुदायका आफन्त र दाजु भाइ छैनन् । स्थानीयले शव नछुने तर, अन्य सहयोग गर्ने भनेपछि दुई छोरीले संस्कार अनुसार शवयात्रा गरी तवाखोलाको घाटमा दाहसंस्कार गरेका हुन् ।राजधानि दैनिकमा खबर छ । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ आएर बसेका थिए ।

दुई छोरी र श्रीमती सहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् । लामो समय देखि पेटको समस्याले बिरामी परेका बालबहादुर बैशाखदेखि घरमै थलिएका थिए । स्थानीयको सहयोगमा औषधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थलिएर मृत्यु भएका बालबहादुरको मृत्युपछि कोरोना संक्रमणको कारण देखाउँदै स्थानीयले शब छुन नचाहेको स्थानीयबासीले बताए ।

‘बुबाको हामी आफैंले शबयात्रा गरेर दाहसंस्कार ग¥यौं’ छोरी भगवतीले भनिन् ‘अब मगर संस्कार संस्कृति अनुसार काजकिरिया पनि गर्छौं ।’ मगर संस्कार अनुसार ७ दिनमा बालबहादुरको काजकिरिया सकिने छ । अहिले दुई छोरी कुमारी, भगवती र उनीहरूकी आमा किरियामा बसेका छन् ।मृतक थापाको १ छोरा २ छोरी छन् । छोरा गरिबीका कारण कमाउन भारतको कोइला खानीमा गएका छोरा अझैसम्म फर्किएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर