इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन चितवन प्रशासनको आग्रह — OSNepal

इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन चितवन प्रशासनको आग्रह

LC (KTM) April 01, 2022 0

चितवन, १८ चैत – जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गर्नुभएको हो ।

यही चैत मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो । चैत १५ गते बसेको जिल्ला सुरक्षा समतिको बैठकको निर्णय अनुसार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर