बुलेट ट्याङकरको काठमाडौंमा यस्तो दादागिरीले सर्वसाधारणले ज्यान गुमाउन बाध्य — OSNepal

बुलेट ट्याङकरको काठमाडौंमा यस्तो दादागिरीले सर्वसाधारणले ज्यान गुमाउन बाध्य

LC (KTM) April 01, 2022 0

काठमाडौं, १८ चैत – काठमाण्डौको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौ महानगरपालिका–१ घर भएका ६४ बर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमति प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो । बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।

यो पनि : टिपरकाे ठक्करबाट बोलेरो चालककाे मृत्यु : सप्तरीको खडक नगरपालिका-५ रंजितपुर सडकखण्डमा टिपरले ठक्कर दिँँदा बाेलेराे चालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइन सप्तरीको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरोलाई बिहीवार साँझ पछाडिबाट ना ७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिँदा यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य बोदेबर्साइन नगरपालिका –१० का ३० वर्षीय शैलेश यादव, सोही ठाउँका ३० वर्षीय महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय बृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका –८ का ३५ वर्षीय अरुण कुमार सिंहको उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ। टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर