नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिँदा चालकको ज्यान गयो, पाँच जना घाइते — OSNepal

नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिँदा चालकको ज्यान गयो, पाँच जना घाइते

LC (KTM) April 01, 2022 0

काठमाडौं १८ चैत । सत्तरी जिल्लाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिएको छ ।

प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई पछाडिबाट ना।७ ख २६५८ नम्बरको टिपरले ठक्क र दिँदा चालकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा बोलेरो चालक बोदे बर्साइन नगरपालिका–५ बस्ने २६ वर्षीय शिवराज यादव रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका यादवको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा बोलेरो गाडीमा सवार सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय अरुण कुमार सिंह , बोदेबर्साइन नगरपालिका–१० बस्ने ३० वर्षीय शैलेश यादव, सोही उमेरका महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय वृजेश कुमार यादव र ३० वर्षीय जयशंकर साह

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर