गाउँपालिकाका अध्यक्ष सहित २७ जना विरुद्ध चार करोड २१ लाख बढी बिगो दाबी गर्दै अख्तियारले दायर गर्यो मुद्धा — OSNepal

गाउँपालिकाका अध्यक्ष सहित २७ जना विरुद्ध चार करोड २१ लाख बढी बिगो दाबी गर्दै अख्तियारले दायर गर्यो मुद्धा

LC (KTM) March 31, 2022 0

काठमाडौं १७ चैत । चार करोड २१ लाख बढी बिगो दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिकाका अध्यक्ष सहित २७ जना विरुद्ध मुद्धा चलाएको छ ।

आयोगले उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित रामेछाप जिल्लाको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधीकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध चार करोड २१ लाख, तत्कालीन प्रमुख पर्शासकीय अधिकृत राजुप्रसाद न्यौपानेविुरुद्ध एक करोड १२ लाख ८२ हजार, तत्कालीन लेखा खधिकृत दुर्गाबहादुर डिङदोङ तामाङविरुद्ध एक करोड २६ लाख ७५ हजार भ्रष्टाचार गरेको दावी गर्दै मुद्धा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर