काठमाडौं १७ चैत । पर्सामा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँक्दा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
आज बिहिबार बिहान पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमाना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँक्दा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।
ज्यान गुमाउनेमा दुवै मोटरसाइकल चालक रहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
प्ररहीले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् ।
उक्त, दुर्घटनामा परी घाइते हुनेहरुमा धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ र सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतो रहेका छन् ।
उनीहरुको वीरगञ्जको पानीटंकीस्थित न्यूरो अस्पतालमा र रोजदिनको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।