विपन्न राष्ट्रहरूलाई कोरोनाविरुद्धको खोप दान नदिए खोप खेर जाने चेतावनी — OSNepal

विपन्न राष्ट्रहरूलाई कोरोनाविरुद्धको खोप दान नदिए खोप खेर जाने चेतावनी

LC (KTM) June 09, 2021 0

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ)ले आर्थिक रूपमा समृद्ध राष्ट्रहरूले तुलनात्मक रूपमा विपन्न राष्ट्रहरूलाई कोरोनाविरुद्धको खोप दान नदिए खोप खेर जाने चेतावनी दिएको छ ।आर्थिक रूपमा कमजोर राष्ट्रहरूलाई खोप प्रयोगमा ल्याउन स्रोतको अभाव रहेकाले धनी राष्ट्रहरुले खोप उपलब्ध गराउनुपर्ने यूनिसेफले जनाएको हो । बीली आएलीस र डेभिड बेकम जस्ता प्रख्यात व्यक्तित्वहरूले यूनिसेफको आग्रहमा समर्थन जनाएका छन् ।

उनीहरूले जी७ भनेर चिनिने विश्वका महत्त्वपूर्ण सात अर्थतन्त्रहरूलाई हस्ताक्षर सहितको पत्र पठाएका छन् । जसमा यूके सहितका राष्ट्रहरूलाई उनीहरूसँग रहेको २० प्रतिशत खोप अगस्ट महिनासम्ममा दिइसक्न आग्रह गरिएको छ । सबैतिर कोरोना महामारी नरोकिएसम्म कहीँ पनि नरोकिने युनिसेफले जनाएको छ । यूनिसेफमा खोप सम्बन्धी विषयको नेतृत्व गरिरहेकी लीली कप्रानीले धनी राष्ट्रहरूले विश्वका अन्य मुलुकलाई पनि आफूसँगै खोप दिनुपर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर