काठमाडाैं, १७ चैत – नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन् ।
रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहीबार नेम्वाङले यहीलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वभाविक रहेको बताए ।
तर, गठबन्धन गर्दा लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा भएन भने पछि दुख पाइने उनले बताए ।
‘गठबन्धनका कुराहरु आउछन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा हुनुपर्छ । त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी गर्दिन,’ उनले भने, ‘पछि सम्बन्धित मित्रहरुले दुख पाउनुहुन्छ ।’
उनले प्रतिस्पर्धाका बाबजुत सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताए ।