निषेधाज्ञाका बेला २३ यात्रु बोकेर बुटवलदेखि झापा हिडेका बस चालक कारबाहीमा — OSNepal

निषेधाज्ञाका बेला २३ यात्रु बोकेर बुटवलदेखि झापा हिडेका बस चालक कारबाहीमा

LC (KTM) June 09, 2021 0

काठमाडौं-बुटवलदेखि झापाको काँकडभित्तासम्म यात्रु लगेका बस  चालक कारबाहीमा परेका छन् ।निषेधाज्ञाका उलंघन गरी बुटवलदेखि झापाको काँकडभित्तासम्म यात्रु लगेको भन्दै बस चालकलाई प्रशासन कार्यालयले कारबाही गरेको हो ।

यात्रु लिएर आएको ना ४ ख ५१५२ नम्बरको यात्रुबहाक बसलाई दमक ४ स्थित पूर्वपश्चिम राजमार्गमा प्रहरीले रोक्न खोज्दा चालकले बस हाँक्दै भागेका थिए।

बसलाई प्रहरीले चेकजाँच गर्दा विना इजाजत २३ यात्रु बोकेर आएको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको दफा २१ बमोजिम चालकलाई ५ हजार रुपैयाँ जरिवाना गरेर छोडिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर