काठमाडौं १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश विभागका उपप्रमुख नेता विष्णु रिजालले आगामी निर्वाचनमा एमालेको स्थानीय तहको निर्वाचन प्रतिबद्धता-पत्र तयारी कार्यशालालाई सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा ओलीले गठबन्धन छनोट नभई बाध्यता भएको टिप्पणी गरेका छन् । ‘गठबन्धन उहॉहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ’ ओलीले भने ।
एमालेका विदेश विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्ष ओलीको भनाई उदृत गर्दै भनेका छन् , ‘एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त रु तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौं मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुननिश्तित छ ।’