काठमाडौं १६ चैत । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिने तयारी सुरु गरेका छन् ।
नेपाल प्रहरीबाट अवकाश पाएपछि भ्रष्टाचारविरोधी अभियान चलाइरहेका खरेलले आफु नेतृत्वको सुशासन पार्टीबाट काठमाडौंका मेयरमा उठ्न छलफललाई अगाडी बढाएका हुन् ।
काठमाडौंबाट उम्मेदवारी दिइयो भने काठमाडौंवासीको साथ पनि पाउँने आश गरेका खरेलले यस विषयलाई निणर्य भने गर्न बाँकी रहेको बताएका छन् ।