काठमाडौं १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई चितवनमा आगामी ४० वर्षसम्मको लोड धान्न सक्ने गरी विद्युतको पूर्वाधार बनाइदिन आग्रह गरेका छन् ।
गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले राप्ती नगरपालिकामा निर्मित हर्दी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङलाई यस्तो आग्रह गरेका हुन् ।
अहिलेको सब स्टेशनले दुई-तीन वर्ष मात्र धान्ने भएकाले सो अवधि बढाउँदै थप पूर्वाधार बनाउने प्रक्रिया अघि बढाइदिन प्रचण्डले आग्रह गरेका हुन् ।
‘यो १३२ केभी सबस्टेशनले केही वर्ष त धान्छ । तर दुई-तीन वर्षपछि फेरि समस्या आउनसक्छ । त्यसैले त्यस नजिकै फेरि अर्को सबस्टेशन बनाउनुपर्छ,’ प्रचण्डले भने ।
नारायणीमा धेरै पुलहरु बनाएर विकासलाई नयाँ गति दिन सकिने बताएका उनले भौतिक पूर्वाधार विकासमा सहयोग गर्न स्थानीयवासीलाई समेत आग्रह गरेका छन् ।