काठमाडौं, १६ चैत-काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल खड्कागाउँमा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।
मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलकी अन्दाजी ९ बर्षीया श्रेया तामाङ र ४ बर्षीया श्रृष्टी तामाङ रहेका छन् ।
घाइते भएका मोटरसाइकल चालक ३० बर्षीय रोहन तामाङको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।बा ४ ख ६९६५ नम्बरको ट्रिपरले तामाङ बुबा छोरीहरू सवार बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो । ट्रिपर चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।