एमाले फुट्न नदिन दुवै पक्षमा दोस्रो तहका नेताहरु घनिभूत छलफलमा — OSNepal

एमाले फुट्न नदिन दुवै पक्षमा दोस्रो तहका नेताहरु घनिभूत छलफलमा

LC (KTM) June 09, 2021 0

काठमाडौं । एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटेका हुन्।

राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता कसरी जोगाउने भनेर दुवै पक्षका नेताहरू छलफलमा बसेका थिए। उक्त वार्तामा ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली अनि नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए।यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।यो बैठकमा नेपाल पक्षबाट भीम आचार्य थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर