काठमाडौं १६ चैत । नेकपा एमालेका नेता नेता कर्ण थापाले सत्तारुढ दल नेपाली कांग्रेसको न कुखुराको चाल छ, न चीलको चाल भएको भन्दै कंग्रेस एमालेसँग एक्लै लड्न नसक्ने बताएका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले नै कांग्रेस एमालेसँग लड्न सक्षम नरहेको भन्दै गठवन्धनको आवश्यक भएको स्पष्ट पार्दा नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।
गठबन्धनलाई पराजित गर्न नेकपा एमालेले सक्षम भएको दावी गरेका उनले उद्देश्य र विचार नमिल्ने गठबन्धन किन चाहियो भन्दै केही पार्टी हारगुहार गरेर कांग्रेससँग टाँसिन चाहेको बताएका छन् ।
गठबन्धन लोकतन्त्रविरुद्धको षड्यन्त्र भएकोले जनताले धेरै पार्टी नचाहेको बताउँदै उनले भनेका छन् , ‘अहिले मुलुकमा दुइटा दल छन् । एउटा धनीमानी र पुँजीपतिको पार्टी कांग्रेस, अर्को श्रमजीवी र मेहनतकस जनताको पार्टी एमाले । जनताले चाहेको परिवर्तन हो, खुसीयाली हो । जनताको चाहनासँग एमाले एकाकार छ । हामी गठबन्धनको पक्षमा छैनौं । जित्नेलाई रोक्ने गठबन्धन लोकतन्त्रविरुद्धको षड्यन्त्र हो ।’
नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’मा सहभागी भएका नेता थापाले विकास देखाउनका लागि गर्ने होइन, सोची विचारीकन स्थानीय आवश्यकता अनुसार बताएका छन् ।