काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति?