विराटनगर १६ चैत । नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले गठवन्धन अहिल्यै तोड्न नहुने बताएकी छन् । बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएकी नेत्रृ कोइरालाले यस्तो गठवन्धनको विषयमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
अहिलेको परिस्थितमा कांग्रेस गठवन्धनबाट भाग्न नहुने बताएकी उनले हिजो त्यो कठिन परिस्थितिमा गठबन्धनकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको कुरा र्बिसन नहुने बताएकी छन् ।
‘गठबन्धन अहिल्यै तोडनु हुँदैन । मिलेरै निर्वाचन सम्पन्न गर्ने दायित्व समेत हाम्रै हो,पार्टीको केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यसलाई मानेर अघि बढ्नुको विकल्प छैन’ उनले भनिन् ।
निर्वाचनको तयारीमा जुट्न सबै कार्यकर्तालाई आग्रह गरेकी उनले आफु गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट उमेदवारी दिने समेत स्पष्ट पारेकी छन् ।
साथै, उनले सबै एकजुट भएर कांग्रेसलाई विजयी गराउन लागि पर्नुपर्ने समेत बताएकी छन् ।