काठमाडौं १५ चैत । सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ सर्वसम्मत रूपमा अनुमोदन भएका छन् । आज मंगलबार बसेको संसदीय सुनुवाइ समितिले
अदालतको न्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गर्ने निणर्य गरेको हो ।
सुनुवाईका क्रममा श्रेष्ठले सर्वोच्चमा धेरै नै समस्या भएको भन्दै न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् ।