एलपी ग्याँसमा लगाउँदै आएको प्रति सिलिण्डर दुई सय रुपैयाँ कर हटाउन आयल निगमले सरकारसँग गर्यो माग — OSNepal

एलपी ग्याँसमा लगाउँदै आएको प्रति सिलिण्डर दुई सय रुपैयाँ कर हटाउन आयल निगमले सरकारसँग गर्यो माग

LC (KTM) March 29, 2022 0

काठमाडौं १५ चैत । नेपाल आयल निगमले घाटा व्यवस्थापन गर्न भन्दै सरकारलाई पत्र लेखेको छ । निगमले सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोषलगायतका सरकारी वित्तीय संस्थाबाट निगमलाई रकम उपलब्ध गराउन माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो ।

निगमले जारी गरेको पत्रमा उल्लेख गरेको छ, ‘पेट्रोलियम पदार्थको आयात गर्दा तिर्नु पर्ने कर हटाउन माग गरेको छ ,सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शूल्क, मूल्य अभिवृद्धि कर, पूर्वाधार करलगायतका कर केही समयका लागि हटाउनुपर्छ’ ।

साथै पत्रमा एलपी ग्याँसमा लगाउँदै आएको प्रति सिलिण्डर दुई सय रुपैयाँ करसमेत हटाउन समेत माग गरेको छ । निगमले पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै जोर विजोर प्रणाली लागु गर्न समेत सरकारलाई प्रस्ताव राखेको छ ।

आइतबार समेत सार्वजनिक विदा गर्न माग गर्न आयोगले पत्रमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर