काठमाडौं १५ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कोहि बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी नभएको बताएका छन् । काँग्रेसको केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा संसदीय बोर्डको प्रावधान भएको बताएका उनले तालमेल गर्दा कहाँ आवश्यक छरछैन निधो गर्न, स्थानीय भावना आत्मसात गर्न स्थानीय समिति सक्षम भएको बताएका छन् ।
‘त्यो नितिको जगमा ञकहिँ एक्लै जित्नेझ, ञकहिँ तालमेलझ रणनीतिक बिषय हो सँगैमा ञभरतपुरको भावना आत्मसात गरेर समाधान पहिल्याउन हामी प्रष्ट र दृढ छौं’ उनले भनेका छन् ।
एक्लाएक्लै लड्ने अवस्था नभए वामगठबन्धन रोक्न सक्नुपर्नेमा जोड दिएका उनले भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक भएको भन्दै परिस्थिति बदल्न स्थितिको आँकलन जरुरी भएको बताएका छन् । साथै उनले ‘भरतपुरको भावना’ आत्मसाथ गरेर समाधान निकाल्ने पनि बताएका छन् ।
उनले भनेका छन्, ‘भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ, परिस्थिति बदल्न स्थितिको आँकलन जरुरी हुन्छ,कोहि बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी होइन । संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बलियो बनाउने प्रश्न हो ।’
केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा संसदीय बोर्डको प्रावधान छ । बोर्ड विकेन्द्रीतको अर्थ अधिकार विकेन्द्रीत हो । हामी व्यावहारिक र लोकतान्त्रिक प्रक्रियामा छौं ।’