भारतको गोरखपुरसम्म देख्न सकिने धरहरा पछिको सबैभन्दा अग्लो भ्यु टावरको उद्घाटन अध्यक्ष ओलीको हातबाट — OSNepal

भारतको गोरखपुरसम्म देख्न सकिने धरहरा पछिको सबैभन्दा अग्लो भ्यु टावरको उद्घाटन अध्यक्ष ओलीको हातबाट

LC (KTM) March 29, 2022 0

काठमाडौं १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० तले भ्यु टावरको उद्घाटन गर्ने भएका छन् ।

काठमाडौंको नौ तले धरहरा पछिको सबैभन्दा अग्लो बुटवलस्थित तिलोत्तमा नगरपालिका-२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन आज मंगलबार ओलीले गर्ने भएका हुन् ।

भारतको गोरखपुरसम्म देख्न सकिने उक्त भ्यु-टावरमा सुविधा सम्पन्न लिफ्टसहित रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर