काठमाडौ १५ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न वाम गठबन्धन रोक्नपर्ने बताएका छन् ।
कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्ने बताएका उनले २०७४ सालको झैं ञवाम गठबन्धनु बन्नबाट रोक्नुपर्ने बताएका हुन् ।
भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुने भन्दै परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुने पनि बताएका छन् ।
आगामी वैशाख ३० गते देशैभर एकै चरणमा हुने स्थानीय तह निर्वाचनको लागि पार्टी भित्र गठवन्धनको विषयलाई लिएर मतभेद भएपछि उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन् , ‘कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न, कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं ‘वाम गठबन्धन’ बन्नबाट रोक्नुपर्छ, उनले भनेका छन्, यसका लागि गहिरो सुझबुझ जरुरी छ ।’
कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न,
कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं `वाम गठबन्धन´ बन्नबाट रोक्नुपर्छ l यसका लागि गहिरो सुझबुझ जरुरी छ lभावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ l
परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुन्छ l pic.twitter.com/vlinkRHX7i— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 29, 2022