काठमाडौं । गत साता एमाले अध्यक्ष केपी ओलीले एमाले प्रवेश गराएपछि करिश्मा मानन्धर अहिले विभिन्न आमसभा र चुनाव प्रचार प्रसारमा सक्रिय बन्न थालेकी छिन् ।
सोमबार कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर पाएकी करिश्मा उत्साही तर नर्भस देखिँदै आफ्ना कुराहरु राखीन् । करिश्माले विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई वरिष्ठ महासचिव भन्दै सुरुमा नै गडबडीका कुरा गरिन् ।
उनले भनिन् ‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सार्नुभएकोमा धन्यवाद । यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ ।
यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ । सो अवसरमा बोल्दै करिश्माले आँफु विगतमा अन्यज्ञ भौतारीको भएता पनि अहिले भने सहि स्थानमा आइपुगेको जिकिर गरिन् ।
भाषणको अन्त्यमा करिश्माले भनिन् ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी नै हो । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ भन्दै न्वारनको नाम सार्वजनिक कायृक्रमबाट भनेर करिश्माले विदा हुँदै भनिन् लालसलाम ।