हल्दिवारीमा जनमुखी काम गर्दै उपाध्यक्ष गिरी, कोरोना संक्रमितको परिवारलाई क्रिया खर्च २५ हजार — OSNepal

हल्दिवारीमा जनमुखी काम गर्दै उपाध्यक्ष गिरी, कोरोना संक्रमितको परिवारलाई क्रिया खर्च २५ हजार

LC (KTM) June 08, 2021 0

झापाको हल्दिवारी गाउँपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारले क्रिया खर्च बापत २५ हजार पाउने भएका छ्न ।गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले उक्त कुराको आज पत्रकारहरु संगको कुराकानीमा बताएका हुन ।हिजो जेठ २४ गते सोमबार हल्दिवारी गाउँकार्यपालिकाको बैठकले कोरोनाको कारण मृत्यु हुनेको परिवारलाई २५ हजार सहयोग दिने निर्णय गरेको थियोे ।

हल्दिवारी गाउँपालिकामा कोरोनाको टेस्ट निशुल्क गरिदै आएको छ भने कोरोना संक्रमितलाई पौस्टिक आहार समेत कार्यपालिकाकै निर्णय अनुसार बितरण गरिदै आएको प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले बताउनु भएको छ ।प्रमुख प्रशासकीय अधिकृत दाहालका अनुसार कोभिड -१९ को जोखिम उच्च रहेको यस गाउँपालिकामा कोभिड संग लडन प्रयाप्त बजेटको व्यवस्थापन समेत गरिएको छ ।

हल्दिवारी गाउँपालिकामा नेकपा एमालेको बहुमत छ भने स्वास्थ्य ,शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर हल्दिवारीमा जनमुखी काम गर्न उपाध्यक्ष गिरिको नेतृत्वमा रहेका जनप्रतिनिधिहरु सफल भएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर