काठमाडौं १४ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैचोटी स्थानीय तहमा ५१४ कर्मचारी खटाएको छ ।
मन्त्रालयले लोक सेवा आयोगबाट साप गरी आएका नयाँ कर्मचारी र अन्तर स्थानीय तह कामकाजका लागि निवेदन दिएका कर्मचारीलाई स्थानीय तहमा खटाएको हो ।
मन्त्रालयका शाखा अधिकृत विवेक विडारीले दिएको जानकारी अनुसार खटाइएका कर्मचारीले पत्र इमेलबाट बुझेर सिधै स्थानीय तहमा हाजिर हुनसक्ने छन् ।
यस विषयमा मन्त्रालयले एक विज्ञप्ती जारी मन्त्रालयले खटाइएको कर्मचारीमा अधिकांश अधिकृत स्तरका रहेका २१ जना कर्मचारी भने हाजिर हुन नसक्ने वातावरण सिर्जना भएको उल्लेख गरिएको छ ।
सम्बन्धित स्थानीय तहको प्रमुखको हस्ताक्षर नभएको सहमति पत्र, स्थानीय तहले सहमति भंग गरेको, सहमतिमा दरबन्दी रिक्त नभएको उल्ल्लेख भएको र कतै सम्बन्धित पालिकाले सहमति नै नगरेको विज्ञप्तीमा भनिएको छ ।