निर्वाचन आयोगले भन्यो - साना दलहरुले दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्नु — OSNepal

निर्वाचन आयोगले भन्यो – साना दलहरुले दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्नु

LC (KTM) March 28, 2022 0

काठमाडौं १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने भएको छ ।

सोमबार बसेको निर्वाचन आयोगको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निणर्य गरेको हो ।

यही वैशाख ३० गते देशभर एकै चरणमा हुने स्थानीय तह निर्वाचनको लागि आयोगमा ७९ दल दर्ता भएका छन् । राजनीतिक दलसम्बन्धी ऐनमा भनेराष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था रहेको छ ।

तथापी, साना दलहरुले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले ती दललाई कुन कुन जिल्लामा संगठन संरचना छ उही जिल्लामा विवरण पेश गर्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर