केपी ओलीको तारिफ गर्दै रायमाझीले भने अरु शीर्ष नेता भारतसँग झुक्छन् तर केपी ओली भारतसँग शीर उठाएर बोल्छन् — OSNepal

केपी ओलीको तारिफ गर्दै रायमाझीले भने अरु शीर्ष नेता भारतसँग झुक्छन् तर केपी ओली भारतसँग शीर उठाएर बोल्छन्

LC (KTM) March 28, 2022 0

कपिलवस्तु, १४ चैत-नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढीरहेकाे बताएका छन् । कपिलवस्तुमा साेमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्ट्राचार लिप्त हुँदा जनताको इच्छा पूरा गर्न नसकेकाे दावी गरे ।

सम्बोधनको क्रममा पाँच दलीय गठबन्धनले एक्लाएक्लै निर्वाचनमा जाने हिम्मत समेत गर्न नसक्ने बताए । उनले स्वार्थी समूहले सरकार बनाएपछि विकास गर्न नसकेको आरोप पनि लगाए ।

प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै रायमाझीले नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर बनेको बताए । उनीहरू आफ्नो सरकार ढाल्ने उपाय नभएपछि कांग्रेसको पछि लागे । तर, अहिले कांग्रेसले समेत हेपेको दाबी गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफ गर्न पनि बाँकी राखेनन् । नेपालका शीर्ष नेता भारतसँग झुक्छन् तर केपी ओली भारतसँग शीर उठाएर बोल्न सक्ने एक्लो नेता भएको उनकाे दावी छ ।ओली नेतृत्वको सरकारले भारतले मिचेको भूभागलाई समेटेर चुच्चे नक्सा जारी गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर