अर्थ समितिले प्रि–बजेटमाथि छलफल गर्न बोलाएको दुवै बैठक स्थगित — OSNepal

अर्थ समितिले प्रि–बजेटमाथि छलफल गर्न बोलाएको दुवै बैठक स्थगित

LC (KTM) March 28, 2022 0

काठमाडौं १४ चैत । अर्थ समितिले आज बोलाएको बैठक कोरम नपुगेको भन्दै स्थगित गरेको छ ।

आज सोमबार अर्थ समितिले प्रि–बजेटमा अर्थ मन्त्रालय र योजना आयोगसँग छुट्टाछुट्टै छलफलका लागि बैठक बोलाएको थियो । छलफलका लागि सांसदहरुको उपस्थित न्युन रहेकोले बैठक स्थगित भएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार कूल सदस्य संख्याको ५१ प्रतिशत सांसद पनि उपस्थित नभएपछि बैठक स्थगित गरिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर