नेपाली कांग्रेस को महिला संग की इकाई सभापति नेतृ जानुका भण्डारीले महिलाहरुलाई हेर्ने दृष्टिकोणमा प्रोग्रेसिव भनिएका नेताहरु नै पछाडी रहेका बताएकी छिन् । नारीमा सक्षमता छैन भन्ने सोच हाम्रो नेत्तृत्वमा परेको प्रष्ट पार्दै भण्डारीले भनिन् -क्षमताको आधारमा कम्तिमा ३२ वडाहरु भित्र छनोट गरियोस् ।
महिलामा पनि प्रमुखको भार पुरूषले भन्दा १००० गुणाले थेग्न सक्ने ताक़त भएकाले महिला नेतृत्व सफल हुन सक्ने भएकाले कम्तिमा १३ वडाहरुमा महिला वडा अध्यक्ष दिने सोच नेतृत्वले राख्न अनुरोध गर्नुभएको छ । उनले थपिन, “नेतृत्वकर्ता परिवर्तन निर्माता हेरचाहकर्ता शान्ति रक्षक, समाज सुधारक समाजको अभिन्न अंग हो । परिवारको धरोहर अनि विश्वको आधा आकाश यस्ता अनेकौ भूमिकामा सफल र सक्रिय रुपमा उत्रिएका हामी महिला नै हो ।”
इतिहास साक्षी छ हामी नारीहरुले कसरी पाइँला पाइँलामा आफ्नो साहस क्षमता योग्यता र कलाकौशलता प्रमाणित गर्दै आएको ४७ सालको आन्दोलन र ६२ ६३ सालको आन्दोलनलाइ पनि स्मरण गरियोस भन्दै भण्डारी ले दुखेसो पोखेकी हुन् । यो पितृसत्तात्मक सोचले जकडिएको समाजमा समानता र अधिकारको लडाइँ लडिरहेका हामी महिलाले पनि प्रमुखको भुमिका सजिलै निभाउन सक्ने हिम्मत राख्ने कुरामा कुनै शंका नरहेको नेतृ भण्डारीको दाबी रहेको छ । ५ वर्ष अगाडी वडा सदस्यमा ३१३९ भोट आएको थियो ।